दोलखा । दोलखामा १६ वर्षअघि भएको हत्याको घटनामा संलग्न एक युवा कतारबाट पक्राउ परेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय रामकुमार मगरलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनसँग सहकार्य गरेर प्रहरीले पक्राउ गरेको हो ।
दोलखाका मगर २०६३ साल श्रावन २ मा कोटेश्वरमा कुटपिट र धारिलो हतियार प्रहार गरी भएको हत्यामा संलग्न थिए । मगरलाई प्रहरीले कतारबाट पक्राउ गरेर मंगलबार काठमाडौं ल्याएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार मगर वैदेशिक रोजगारीका क्रममा कतारमा गएर लुकेर बसेको खुलेपछि इन्टरपोलमा रेड नोटिस जारी गरिएका थियो । त्यसको आधारमा उनलाई कतारले डिपोर्ट गरेको थियो ।
मंगलबार काठमाडौं ल्याएर उनलाई अपराध अनुसन्धान कार्यालय बुझाइएको छ । थप कानूनी प्रक्रिया जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अघि बढ्ने जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्