प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका  छन्  ।

काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताएका  छन्  ।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेख्नुभएको छ, “दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्