राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

ramchandra
Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्किएका  छन्  । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका हुन्  ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज  जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको उल्लेख छ ।

राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेको  उनको सचिवालयले जनाएको छ ।

तस्बिर : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्