काठमाडौँ । नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् ।
त्यस्तै, यसअघि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई अध्यक्ष नियुक्त गरेको हो ।
पौडेलले नेप्सेको अध्यक्षको जिम्मेवारी पाएको बताएका छन् । उनले भने, ‘अर्थमन्त्रालयबाट नेप्सेमा सहसचिव जाने व्यवस्था रहेको छ । त्यसैअनुसार अतिरिक्त जिम्मेवारी पाएको हुँ । आज बेलुका नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्नेछु ।’ उनले यसभन्दा पहिले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्