चिसो बढेसँगै सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मुगुमा चिसो बढेसँगै सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरेका छन् । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो ।

मुगुमा केही दिनयता चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।

अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । उनीहरुलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाएको हो ।

गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुन:सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् । मुगुम कार्मारोङ्ग-२ मुगु गाउँका सबै बासिन्दा जाडो छल्न बेँसी झरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्