प्रोग्रेशिभ फाइनान्सद्धारा सेयरधनीलाई लाभांश नबाँड्ने घोषणा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्सले पनि सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नबाँड्ने घोषणा गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ । सो बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

बैठकले २०८० असार ३१ को वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा आह्वान गर्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्