नेप्से परिसूचक ६.५५ अङ्कले बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा सेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.५५ अङ्कले उकालो लागेर १ हजार ९ सय ९४.६० मा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०६ अङ्कले उकालो लागेर ३ सय ७६.३६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।

त्यस्तै, कूल ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७ सय ५० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४ सय ३१ मूल्य बराबरको कारोबार भएको छ । यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ११ करोड ४९ लाख ८८ हजार ७ सय ९१, हाथवे इन्भेस्टमेन्ट ९ करोड १३ लाख ७९ हजार ८ सय ३५, शिवम् सिमेन्ट ९ करोड १२ लाख १९ हजार ७ सय ५८ र आइएमई लाइफ इन्स्योरेन्स ७ करोड ७५ लाख ८४ हजार ३ सय १२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त ४.९८, मानुषी लघुवित्त ४.७८, सिवाइसी नेपाल लघुवित्त ४.०४, माछापुच्छ्रे बैंकको ऋणपत्र ३.९६ र ग्लोबल आइएमई ब्यालेन्सका सेयर मूल्य ३.७५ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्