बाल यौन दुव्यर्वहारको घटना बढ्दो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुर्व्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो । सो तथ्याङ्कअनुसार जिल्लामा सन् २०२३ मा १ सय १४ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

त्यस्तै, इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्लामा यस वर्ष जबर्जजस्ती करणीका घटना ४३, जर्बजस्ती करणीको प्रयासका घटना तीन, हत्या छ, बहुविवाह १३ र आत्महत्या दुरुत्साहनका आठवटा निवेदन परेका छन् । यस्तै मानव बेचबिखनका तीन, अपहरण, जातीय भेदभाव तथा बालविवाहका एक-एक निवेदन परेको उनले जानकारी दिएका छन् ।

जिल्लामा गत वर्ष सन् २०२२ मा १ सय ६१ वटा घटना भएका थिए । सो वर्ष जबर्जस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । यस्तै जर्बजस्ती करणीको प्रयासका १६, हत्याका चार, बाल यौन दुर्व्यवहारका २४, बहुविवाहका २९, आत्महत्या दुरुत्साहनका नौ, मानव बेचबिखनका पाँच र अपहरणका दुईवटा मुद्दा दर्ता भएका थिए ।

यस्तै, गत वर्ष निवेदन नपरेको जातीय भेदभाव र बालविवाहका निवेदन यस वर्ष परेको अधिकारीले बताएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले परिबन्धमा परेर धेरै मानिस आपराधिक क्रियाकलापमा लाग्ने गरेको जनाएका छन् ।

बाल यौन दुर्व्यवहारका घटनामा बढी सङ्ख्यामा विद्यालय पढ्ने उमेरका बालबालिका पर्ने गरेका छन् । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले विद्यालयमा पाठ्यक्रम बनाएर पढाउनेदेखि जनचेतनाका कार्यक्रमसम्म गर्दै आएको उनले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्