काठमाडौँ । काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ । बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नं.६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो ।
विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले ढोका खोलेको जनाएका छन् । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताएका छन् । उक्त यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ ।
साथै, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्