काठमाडौँ । चालिस हजार गाँजाको बिरुवा नष्ट गरिएको छ । महोत्तरीको एकडारा गाउँपालिका-५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाएको उक्त बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सुचना पाएको जनाएका छन् ।
उक्त सुचनाका आधारमा २५ जना प्रहरी टोली खटेर गाँजाको बिरुवा उखेले नष्ट गरेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्