काठमाडौँ । मन्त्रीको गाडी आगजनी घटनामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।
आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो । घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
यस्तै, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो । ग्वार्को-बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरिरहेको छ । मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।
मन्त्रीको गाडीमा तोडफोडसँगै सार्वजनिक बसमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्