काठमाडौँ । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका ७ सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित ४ बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उनले बताएका छन् । कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ । महिला कैदीबन्दीसँग ४ नाबालक रहेकाले उनीहरुलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो ।
सो कार्यालयमा अहिले ४२ महिला र ६ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी दिएका छन् । उनका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै २ सय बढी कैदीबन्दी रहेका छन् । ४ सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले जानकारी दिएका छन् । त्यहाँ छिमेकी जिल्ला नवलपुर (नवलपरासी-बर्दघाट सुस्ता पूर्व)बाट समेत कैदीबन्दी ल्याउने गरिएको उनको भनाइ थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्