काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४५ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ५८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: