काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको बिहीबार राति निधन भएको हुँदा मन्त्री लिम्बूलाई पत्नीशोक परेको हो ।
गङ्गामायाको ५८ वर्षको उमेरमा निधन भएको हो । उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो । गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन । उनको शुक्रबार नै अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिएका छन् ।
गङ्गामायाका एक छोरा र एक छोरी छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्