काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ६ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ कायम गरेको छ ।