काठमाडौँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । सोमबार हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
कार्यबाहक नगर प्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको सार्वजनिक बिदाको घोषणा गरेको छ । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा भनिएको छ ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्नसमेत आग्रह गरेको छ ।