काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ २० पैसा रहे को छ । त्यसैगरी सोमबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७४ पैसा र बिक्री दर ९९ रुपैयाँ १९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: