काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ४९ पैसा रहेको छ । बुधबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४८ पैसा र बिक्री दर ९९ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: