बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रह्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १७ हजार ६६ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्