उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा उनको निधन भएको हो ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा पण्डितको मंगलबार बिहान ३ बजे निधन भएको परिवारका सदस्यले जनाएका छन् । उनको आन्द्रामा अर्बुद भएको थियो । उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।

पण्डित तनहुँको भानु नगरपालिका-१२मा २०३३ साल वैशाखमा जन्मिएका थिए । शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्