काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । बुधबार बेलुकी बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ । साथै, आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढाएको हो ।
डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू गरेको निगमले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्