कारोबारको पाँचौ दिन सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य भने बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ८८ सय रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्