काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ हजार रुपैयाँले बढेर १ लाख २१ हजाररुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १९ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३७ हजार ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३२ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्