काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १५ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ८३ हजार ७० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख ७८ हजार ५५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १२ सय ९० रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्