परीक्षामा चिट चोराएको आरोपमा शिक्षक र गार्ड पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एसइई परीक्षामा चिट चोराएको आरोपमा शिक्षक र गार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा (एसइई)को परीक्षामा विद्यार्थीलाई चिट चोराएको भन्दै दुई जना शिक्षक र गार्डलाई पक्राउ गरेको हो ।

बाराको देवताल गाउँपालिका-६ का ४३ वर्षीय सुरेन्द्र प्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका-३ भटिनियाका ४५ वर्षीय बिनोद प्रसाद यादब पक्राउ परेका हुन् । पक्राउ परेका सुरेन्द्र कलैया उपमहानगरपालिका-२ स्थित अमर माध्यामिक विद्यालय, दोहरीका शिक्षक हुन् ।

त्यस्तै, बिनोद बारागढी गाउँपालिका-१ स्थित जनता माध्यामिक विद्यालयमा गार्डका रुपमा खटिएका थिए । दुवैजनाले एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताएका छन् । बाराका प्रवक्ता न्यौपानेका अनुसार सुरेन्द्रले विद्यार्थीलाई मोबाइलबाट चिट चोराउन सहयोग गरेका थिए । हाल दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कार्वाही गर्ने प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्