काठमाडौँ । शुक्रबार सुनको मुल्यमा नयाँ रेर्कड कायम भएको छ । साताको कारोबारको छैँठौ दिन (आज) शुक्रबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेर नयाँ रेर्कड कायम भएको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन २१ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ११ हजार ४ सय ५५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख १० हजार ९ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३०७.५० रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्