काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख १४ हजार ८ सय ८५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख १४ हजार ३ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १४१४.५० रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्