काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
यसैगरी बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले आज सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्