बुधबार २३.२५ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ७४ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक २३।२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ४० लाखमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको भएको छ । सो कम्पनीको १५ करोड ८९ लाख ९ हजार ८ सय ५९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्