काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ८ अर्ब १९ करोड ९ लाख ४० हजार ८ सय २२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नाफा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ ।