बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढ्यो, २३ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा २३ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै नाफा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्