मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३०९ कम्पनीको एक करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको १८ करोड ४१ लाख ७६ हजार ७६.७० कित्ता सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्