वैदेशिक रोजगारीमा जानेको संख्यामा निरन्तर वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेको संख्या ४.८५ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा कुल एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् भने अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा एक लाख ६२ हजार ६९४ जना वैदेशिक रोजगारीमा गएका थिए ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला गरी कुल भदौ ५७ हजार ४९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत भदौ महिनामा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला गरी कुल ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ महिला गरी कुल ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्