बाढी पहिरोका कारण बीमा कम्पनीहरूमा झण्डै ९ अर्बको मागदाबी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । असोज दोस्रो साता आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै ९ अर्बको मागदाबी परेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूका विभिन्न बीमालेख बापत असोज २९ गतेसम्म ९ अर्बको बराबरको मागदाबी परेको हो ।

बीमा प्राधिकरणमा सम्बन्धित कम्पनीले पठाएको मागदाबीसम्बन्धी विवरण अनुसार मागदाबी पर्नेमा १४ वटा इन्स्योरेन्स कम्पनी र चारवटा माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् । यस अवधिमा मागदाबी सम्बन्धी तीन हजार २४४ वटा निवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्