काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा समस्या आएको छ । समस्याका कारण बोर्डले दिने सेवा प्रभावित भएको छ । वैदेशिक रोजगार सन्तती छात्रवृत्ति प्रदानमा प्रयोग हुने सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आइरहेको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण लगायतको काम रोकिएको हो ।
सर्भर मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जानकारी दिएको छ । इमेल मार्फत वा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन संकलन कार्य निरन्तर रुपमा सुचारु भइरहेको सूचनामा उल्लेख छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्