रवि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली परिचालित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी)नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालयमा जाने तयारी गरिरहेको छ ।

समर्थकहरुको भिड र नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको प्रहरी अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गरेर शुक्रबारै कास्की पठाउने तयारी छ । जिल्ला अदालत, कास्कीले रविलाई पक्राउ गर्न शुक्रबार अपराह्न अनुमति दिएको थियो ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्