सेयर बजार ५७.९९ अंकल घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंकले घटेर २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३।३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटे ।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्