काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि आक्रोशित बनेका रास्वपा नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् ।
वाई चोकमा प्रदर्शन गरिरहेका उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् । त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्