काठमाडौँ । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसूल तिर्ने भएका छन् । रकारी स्वामित्वका दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसूलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् ।
हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार रुपैयाँ बक्यौता छ । उदयपुर सिमेन्टले सम्पूर्ण बक्यौता २८ किस्ताको सुविधाअनुसार पहिलो किस्ता तिरेको छ ।
यसैबीच ४९ वटा उद्योगले प्रिमियमबापतको महसूल नतिरेकोमा पछिल्लो पटक १३ उद्योगले महसूल तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले तिर्नुपर्ने रकमसहितको सार्वजनिक सूचना निकालेर महसूल तिर्न आग्रह गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्