काठमाडौँ । तिहार बिदामा पनि नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको पाँच दिनको अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्ने निगमले जनाएको छ ।
नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ । त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।
निगमले यो अवधिमा डिपोबाट हुने बिक्रीवितरणसम्बन्धी जानकारी लिएर सम्बन्धित डिपोमा जान आग्रह समेत गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्