काठमाडौँ । सीतापाइला–धार्के सडकखण्ड आजदेखि १५ दिन बन्द गरिने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ ।
कात्तिक २३ (आज) देखि १५ दिनसम्म सडक बन्द गरेर कालोपत्र गरिनेछ । यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका )चारपांग्रे)बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस अवधिमा वैकल्पिक माग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।