काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मंसिर १७ गतेबाट छिमेकी मुलुक चीन भ्रमणमा जान लागेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आफ्नो नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको बताए ।
चीन भ्रमण अत्यन्तै सफल भ्रमण रहने र फर्किएपछि कसरी सफल भ्रमण भयो भनेर सबैले थाहा पाउने उनले बताए ।