काठमाडौँ । सोमबार एकैदिन सुनको भाउ १५ हजार ९ सय रुपैयाँ घटेको छ । सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्