काठमाडौँ । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक देखि दुई साता लाग्ने अनुमान गरिएको बताएको हो ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही ककप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।
राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्