काठमाडौँ । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको छ । लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ । सिरियामा अँध्यारो युगको अन्त्य भई नयाँ युगको शुरुवात भएको एचटीएसको दाबी छ । समाचारसंस्था रोयटर्सले पनि राष्ट्रपति असदले राजधानी छाडेको उल्लेख गरेको छ ।
सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ । इस्लामिक विद्रोही समूहले आक्रमण शुरु गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्सलगायतका ठूला सहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो । सिरियालाई लामो समयदेखि रुस, लेवनानलगायत देशले सहयोग गर्दै आएका थिए । एजेन्सी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्