काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने थप चार दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो। कात्तिक २ गतेदेखि लामिछाने हिरासतमा छन्।
यसबिचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्