चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गरेर चलाइने ५२ वटा बाइक नियन्त्रणमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गरेर चलाइने मोटरसाइकल नियन्त्रणमा लिँदै कारबाही गर्न ट्राफिक प्रहरीले काठमाडौं उपत्‍यकामा अभियान चलाएको छ। वातावरण विभागको सहकार्यमा गत बुधबार थालिएको अभियानअन्तर्गत ५ दिनमा विभिन्न स्थानबाट ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सोमबार मात्रै १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजयबहादुर राउतले जानकारी दिए। साइलेन्सरमा प्वाल पारेका, साइलेन्सर निकालेका, साइलेन्सर परिवर्तन गरेका, डीबी किलर झिकेर ठूलो आवाज निकालेको लगायतका मोटरसाइकललाई नियन्त्रणमा लिइएको उनले बताए।

स्वरुप परिवर्तन गरेकालाई आवश्‍यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्