त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ ।

‘त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु सहजताका लागि उडान समय बढाइएको त्रिभुवन विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ। आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्