काठमाडौँ । हेटौँडास्थित चुरियामाई सुरुङ पर्यटकका लागि खुला गरिँदैछ। मकवानपुरको हेटौँडा १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबार (आज) बाट सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
बागमती प्रदेश सरकारले आज हेटौँडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गर्दैछ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’बीच भागमा भासिएर जोखिम अवस्थामा थियो।
निर्माण सम्पन्न भएको करिब बर्ष दिन भन्दा बढी समयपछि सर्बसाधारणको लागि खुल्ला गर्न लागिएको हो। एक वर्षभन्दा बढी समय सुरुङको दुवैतर्फको गेट बन्द गरेर राखिएको थियो।
सुरुङ अवलोकन गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ। विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिइनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्