काठमाडौँ । विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्